spot_img

हर्क साम्पाङसहित तीन नयाँ दललाई निर्वाचन आयोगले माग्यो थप कागजात

spot_img
spot_img

काठमाडौं,२८ असोज । दल दर्ताका लागि निवेदन दिएका हर्क साम्पाङसहित तीन नयाँ दलसँग निर्वाचन आयोगले थप कागजात माग गरेको छ। आयोगका अनुसार चार नयाँ दलको निवेदन आएकोमा साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीसँग आवश्यक कागजात पूरा नभएकाले थप विवरण मागिएको हो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५ अनुसार दल दर्ता गर्न दलको विधान, झन्डा, चिह्नको नमुना, कम्तीमा पाँच सय जनाको सदस्यता प्रतिबद्धतापत्र र नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि तथा कम्तीमा २१ सदस्य रहेको केन्द्रीय समिति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

निर्वाचन आयोगका अनुसार, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग विधानबारे स्पष्टता नहुँदा थप कागजात मागिएको हो भने नागरिक पार्टी र उज्यालो नेपाल पार्टीसँग पाँच सय जनाको हस्ताक्षर पूरा नभएकाले आवश्यक विवरण मागिएको हो।

उज्यालो नेपाल पार्टीकी कोषाध्यक्ष विमली तामाङले भने, “पाँच सय जनाको सनाखत आवश्यक भएको सूचना आएको छ, हामी त्यसको तयारी गर्दैछौं।”

यसैबीच, जनमत पार्टी फुटेर दर्ता गर्न पुगेको जनस्वराज पार्टीको प्रक्रिया भने अगाडि बढिरहेको निर्वाचन आयोगले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय