spot_img

हैजाबाट सुरक्षाका लागि पर्सामा खोप अभियान सक्रिय, २१ हजारले खाए खोप

spot_img
spot_img

बीरगन्ज,२८ असोज । पर्सा र बारामा फैलिएको हैजा र झाडापखालाको संक्रमण नियन्त्रण गर्न सुरु गरिएको खोप अभियानले तीव्रता पाएको छ। पर्सा जिल्लामा मात्रै अहिलेसम्म २१ हजार १९६ जनाले हैजा विरुद्धको खोप खाइसकेका छन ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, पर्साका ६ लाख ५२ हजार जनालाई लक्षित गरी खोप अभियान सञ्चालन भइरहेको छ। वीरगञ्ज महानगरपालिकामा ९,५१३, पोखरिया नगरपालिकामा ४,८७६, सखुवा प्रसौनीमा ४,९९९, धोबिनीमा २,५३३ र जगरनाथपुरमा १७५ जनाले खोप लगाएका छन्। दुवै जिल्लाका लागि १० लाख १८ हजारभन्दा बढी डोज खोप खाइसकेका छ।

गत भदौ ६ गते बीरगन्जको मुरली टोलबाट सुरु भएको हैजा प्रकोपपछि हालसम्म पर्सा र बारामा १,६८५ संक्रमित फेला परेका छन्। सबै बिरामी उपचारपछि निको भएका छन् र कुनै मृत्यु भएको छैन। यद्यपि, संक्रमणको स्रोत पत्ता नलागे पनि प्रकोप रोक्न खोप अभियानलाई तीव्र बनाइएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

अभियानको औपचारिक शुभारम्भ पर्साका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले आइतबार खोप खाएर गरेका थिए। उनले सबै उमेर समूहका नागरिकलाई खोप लगाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरे।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियानका लागि १,९५० खोप केन्द्र स्थापना गरिएको छ। यी केन्द्रहरू स्थानीय निकाय, विद्यालय, धार्मिक स्थल, बसपार्क, उद्योग र सीमा नाकामा स्थापना भएका छन्। अभियानमा १,५४४ महिला स्वास्थ्य स्वयंसेविका र ३५० स्वास्थ्यकर्मी गरी १,८९४ जनशक्ति परिचालित छन्।

बारामा पनि समान रूपमा खोप अभियान सुरु भएको छ। कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर पालिकाहरूलाई केन्द्रित गरेर खोप वितरण भइरहेको छ।

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार, इयूभिकोल–एस खोप एक मात्रा खाएपछि दुई हप्तामा ८२ प्रतिशत प्रभावकारी हुने देखिएको छ। नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोजकुमार गुप्ताले खोप सुरक्षित रहेको र १ वर्षमाथिका सबैले ढुक्क भएर खोप लिन सक्ने बताएका छन्।

डा. गौतमका अनुसार, तिहारअघि नै पर्सा र बाराका सबै लक्षित क्षेत्रमा अभियान सम्पन्न गर्ने लक्ष्य छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको यो अभियानले हैजा र झाडापखालाको जोखिम घटाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय