जनकपुर,२८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।
प्रदेशसभामा विश्वासको मत लिने कार्यसूचीमा बोल्दै सिंहले नेपालको संविधानको धारा १८८ (२) र प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ (४) अनुसार आफ्नो कदम उठाएको बताए। उनले आफ्नो दल जनमत पार्टीले सरकारलाई आवश्यक समर्थन नदिँदा असन्तुष्टि व्यक्त गरेका छन्।
सिंहको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।



