Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ असोज । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा कुटपिटमा परेर घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा घटनाको ३४ दिनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा देउवा सार्वजनिक रूपमा देखा परेका हुन्। यसअघि उनी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । भदौ २४ को आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवा आन्दोलनकारीको घेराउमा परेका थिए । नेपाली सेनाले पटकपटक हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरे पनि सम्भव नभएपछि स्थलमार्गबाट उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको जानकारी पछि कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत दिएका थिए। सुरक्षाको कारण देखाउँदै उनको उपचार कहाँ गरिएको भन्ने कुरा भने खुलाइएको थिएन । लामो समयको सार्वजनिक अनुपस्थिति र गोप्य उपचारपछि देउवाको यो उपस्थिति कांग्रेसको आन्तरिक राजनीतिक गतिविधिको लागि महत्त्वपूर्ण मानिएको छ।

ताजा समाचार

थप समाचार