spot_img

मधेश प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

spot_img
spot_img

जनकपुर,२८ असाेज  । मधेश प्रदेश सभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।
प्रदेश सभा सचिवालयले मङ्गलबार सार्वजनिक गरेको सूचनामा हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको उल्लेख गरिएको छ।

सचिवालयका अनुसार, मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलबार विश्वासको मत लिन आह्वान गरिएको बैठकमै पदबाट राजीनामा दिएका थिए। मुख्यमन्त्रीको राजीनामापछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको घोषणा गरेका थिए।

मुख्यमन्त्रीको राजीनामाले प्रदेशमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको भन्दै उक्त परिस्थितिमा आवश्यक तयारी र छलफलका लागि सभा स्थगित गरिएको सचिवालयले स्पष्ट पारेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय