spot_img

सिके राउतको जनमत पार्टी फुट्यो, दिपक कुमार साहको नेतृत्वमा ‘जनस्वराज पार्टी’लाई आयोगको मान्यता

spot_img
spot_img

जनकपुर,२८ असोज । सिके राउत नेतृत्वको जनमत पार्टी औपचारिक रूपमा विभाजन भएको छ। असन्तुष्ट समूहले पार्टी फुटाएर दिपक कुमार साहको नेतृत्वमा जनस्वराज पार्टी (जस्वपा) गठन गरेको छ।

जनमत पार्टीका पूर्व उपाध्यक्ष रहिसकेका साहलाई गत साउन २२ गते पार्टीले नीति विपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यताबाट समेत निष्कासन गरेको थियो। निष्कासनपछि उनले आफ्ना समर्थकहरूसँग नयाँ पार्टीको घोषणा गरेका हुन्।

नवगठित जनस्वराज पार्टीको अध्यक्षमा दिपक कुमार साह रहेका छन् भने उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव र शम्भुनाथ साह चयन भएका छन्। त्यसैगरी, सचिवमा हेमलता देवी, सुनिल कुमार यादव र सञ्जय प्रसाद यादव नियुक्त भएका छन्।

निर्वाचन आयोगले मंगलबार बसेको बैठकमार्फत जनस्वराज पार्टीलाई आधिकारिक मान्यता प्रदान गरेको हो। आयोगका शाखा अधिकृत रुद्रवीर कार्कीका अनुसार नयाँ दललाई दल दर्तासम्बन्धी बाँकी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

नयाँ पार्टीको झण्डा निलो, सेतो र रातो रंगका ठाडा धर्काबाट बनेको छ। आयोगको मान्यतासँगै मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना बढेको विश्लेषण गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय