Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

सिके राउतको जनमत पार्टी फुट्यो, दिपक कुमार साहको नेतृत्वमा ‘जनस्वराज पार्टी’लाई आयोगको मान्यता

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२८ असोज । सिके राउत नेतृत्वको जनमत पार्टी औपचारिक रूपमा विभाजन भएको छ। असन्तुष्ट समूहले पार्टी फुटाएर दिपक कुमार साहको नेतृत्वमा जनस्वराज पार्टी (जस्वपा) गठन गरेको छ।

जनमत पार्टीका पूर्व उपाध्यक्ष रहिसकेका साहलाई गत साउन २२ गते पार्टीले नीति विपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यताबाट समेत निष्कासन गरेको थियो। निष्कासनपछि उनले आफ्ना समर्थकहरूसँग नयाँ पार्टीको घोषणा गरेका हुन्।

नवगठित जनस्वराज पार्टीको अध्यक्षमा दिपक कुमार साह रहेका छन् भने उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव र शम्भुनाथ साह चयन भएका छन्। त्यसैगरी, सचिवमा हेमलता देवी, सुनिल कुमार यादव र सञ्जय प्रसाद यादव नियुक्त भएका छन्।

- Advertisement -

निर्वाचन आयोगले मंगलबार बसेको बैठकमार्फत जनस्वराज पार्टीलाई आधिकारिक मान्यता प्रदान गरेको हो। आयोगका शाखा अधिकृत रुद्रवीर कार्कीका अनुसार नयाँ दललाई दल दर्तासम्बन्धी बाँकी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

नयाँ पार्टीको झण्डा निलो, सेतो र रातो रंगका ठाडा धर्काबाट बनेको छ। आयोगको मान्यतासँगै मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना बढेको विश्लेषण गरिएको छ।

ताजा समाचार

थप समाचार