Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

देशभर ६ लाख २०...

काठमाडौं,०३ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै...

अण्डाको समर्थन मूल्य घट्यो,...

काठमाडौँ,०३ मंसिर । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको उत्पादन र बजार अवस्थाको पुनर्मूल्यांकन...

क्यासिनो नियमन कडाइ :...

काठमाडौं,०३ मंसिर । सरकारले क्यासिनो क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र कानुनी दायरामा ल्याउन...

मधेस सरकार गठन मुद्दामा...

जनकपुर,०३ मंसिर । मधेस प्रदेश सरकार गठन विवादको विषयमा सर्वोच्च अदालतले आउँदो मंसिर...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

नेपाली कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ असाेज । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

सभापति शेरबहादुर देउवाले बैठकलाई सम्बोधन गरेलगत्तै बैठक स्थगित गरिएको थियो। पार्टीका अनुसार आगामी बिहीबार बस्ने केन्द्रीय समिति बैठकको अध्यक्षता अब कार्यवाहक सभापति खड्काले गर्नेछन्।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते गम्भीर घाइते भएका देउवा मंगलबार पहिलोपटक सार्वजनिक भएका हुन्। उनी पत्नी आरजु राणा देउवासहित पार्टी कार्यालय पुगेका थिए।

बैठकलाई सम्बोधन गर्दै देउवाले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्ति र स्थिरताका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। साथै, उनले सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमाथि पनि प्रश्न उठाउँदै भने, “देशमा शान्ति, सुरक्षा र निष्पक्ष वातावरण बिना स्वतन्त्र निर्वाचन सम्भव छैन। सरकारको ध्यान यसतर्फ जानुपर्छ।”

देउवाको सार्वजनिक उपस्थितिसँगै कांग्रेसभित्र नेतृत्व संक्रमणको चर्चा सुरु भएको छ भने कार्यवाहक सभापति खड्काको जिम्मेवारीलाई पार्टी एकतासँग जोडेर हेरिएको छ।

ताजा समाचार

थप समाचार