काठमाडौं,२८ असोज । भूमिहीनहरूले जग्गा प्राप्तिका लागि मंगलबार काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका छन्।
अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले सरकारले भूमिहीनको अधिकार सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने माग राखेका थिए।
प्रदर्शनको मुख्य कारण सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पहिले गठन गरिएको भूमि आयोग खारेज गरेको निर्णय रहेको बताइएको छ।




