काठमाडौं, २८ असोज । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूको औपचारिक राय लिएका छन् ।
सभामुख घिमिरेले विघटित प्रतिनिधिसभामा रहेका दलका प्रमुख सचेतकहरूलाई बुधबार बिहान ९ बजे सिंहदरबारस्थित कार्यकक्षमा छलफलमा बोलाएका थिए। छलफलको मुख्य उद्देश्य दलहरूले संसद् पुनर्स्थापनाको माग लिएर सभामुखले अदालतमा जानुपर्ने वा नपर्ने सम्बन्धमा आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्नु हो ।
प्रतिनिधिसभामा उपस्थित दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, र जनमत पार्टी समावेश थिए।
दलहरूको राय प्राप्त भएपछि सभामुखले पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग पनि छुट्टाछुट्टै छलफल गरेर अन्तिम निर्णय लिने तयारी गरेका छन्।




