Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

देशभर ६ लाख २०...

काठमाडौं,०३ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै...

अण्डाको समर्थन मूल्य घट्यो,...

काठमाडौँ,०३ मंसिर । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको उत्पादन र बजार अवस्थाको पुनर्मूल्यांकन...

क्यासिनो नियमन कडाइ :...

काठमाडौं,०३ मंसिर । सरकारले क्यासिनो क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र कानुनी दायरामा ल्याउन...

मधेस सरकार गठन मुद्दामा...

जनकपुर,०३ मंसिर । मधेस प्रदेश सरकार गठन विवादको विषयमा सर्वोच्च अदालतले आउँदो मंसिर...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

विपीन जोशीको शव नेपाल ल्याउने तयारी सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ असोज । दुई वर्षअघि प्यालेस्टिनी सशस्त्र समूह हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपीन जोशी मृत फेला परेपछि उनको शव नेपाल ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले तेल अभिभस्थित नेशनल सेन्टर फर फरेन्सिक मेडिसिनमा गएर जोशीको शवको थप पहिचान तथा प्रमाणिकरण कार्य सम्पन्न गरेको र नेपाल ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।

मन्त्रालयका अनुसार, शव नेपाल ल्याएपछि जोशीको मृत्युको वास्तविक कारण र त्यससँग सम्बन्धित परिस्थितिको सत्यतथ्य पत्ता लगाउन इजरायली सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी अनुसन्धान अघि बढाइनेछ। साथै, जोशीका परिवारलाई आवश्यक न्याय, क्षतिपूर्ति, सामाजिक सुरक्षा र बीमा सुविधा सुनिश्चित गर्न सरकारले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलका परराष्ट्र मन्त्रालयका ‘डाइरेक्टर जनरल’ एडेन बार तलसँग टेलिफोन संवाद गरी विपीन जोशीको मृत्युबारे औपचारिक जानकारी प्राप्त गरेको मन्त्रालयले जनाएको छ।

विपीन जोशी सन् २०२३ (वि.सं. २०८०) मा कृषि तालिम कार्यक्रमअन्तर्गत इजरायल पुगेका १७ जना नेपाली विद्यार्थीमध्ये एक थिए। सोही वर्ष असोज २० गते हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा उनी बेपत्ता भएका थिए। त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो।

हालै इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि सोमबार हमासले रेडक्रसको माध्यमबाट विपीन जोशीसहित चार बन्धकको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। त्यसपछि शव पहिचानका लागि तेल अभिभस्थित अबु कबिर फरेन्सिक केन्द्रमा लगिएको हो।

परराष्ट्र मन्त्रालयले विपीन जोशीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। मन्त्रालयले घटनाको सम्पूर्ण सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन निरन्तर पहल गरिरहने जनाएको छ।

ताजा समाचार

थप समाचार