spot_img

‘पत्रकार हुँ’ भन्दै प्रहरीलाई गालीगलौज गर्ने व्यक्तिमाथि अभद्र व्यवहारको मुद्दा

spot_img
spot_img

राजविराज । सप्तरीमा प्रहरीलाई फोनमार्फत गालीगलौज र धम्की दिएको आरोपमा एक व्यक्तिमाथि अभद्र व्यवहारको मुद्दा दायर गरिएको छ।प्रहरीका अनुसार, सिरहाको लहान नगरपालिका–२४ घर भइ हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–२ बस्ने ३८ वर्षीय मनोज महतो (मनोज मानव) लाई  राजविराज नगरपालिका–५ बाट नियन्त्रणमा लिइएको हो।

महतोमाथि आफू पत्रकार भएको दाबी गर्दै प्रहरी अधिकारीहरूलाई, यहाँसम्म कि डीएसपीलाई समेत फोन गरेर गालीगलौज र अपशब्द प्रयोग गरेको आरोप लागेको छ।

सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार, महतोले सोमबारै १०० नम्बरमा फोन गरी ड्युटीमा खटिएका प्रहरीलाई गालीगलौज गर्दै उनीहरूको व्यक्तिगत नम्बर मागेका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मंगलबार जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको हो।

डीएसपी पुरीका अनुसार, महतोले आफैंलाई समेत फोनमा गालीगलौज गर्दै अभद्र व्यवहार गरेका थिए। उनले भने, “महतोमाथि मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ।”

प्रहरीका अनुसार, महतो यसअघि पनि विद्युतीय कारोबारसम्बन्धी कसूरमा दुईपटक पक्राउ परेका थिए। साथै, उनीमाथि अभद्र व्यवहार, ज्यानसम्बन्धी कसूर, अपहरण तथा शरीर बन्धक बनाउने आरोपमा काठमाडौं र लहान प्रहरी कार्यालयहरूले पनि पटक–पटक कारबाही गरिसकेका छन्।

प्रहरीले महतोमाथि पछिल्ला सबै गतिविधिको पृष्ठभूमि अनुसन्धान गर्दै उनको ‘पत्रकार’ परिचयको सत्यता पनि पुष्टि गर्ने तयारी गरेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय