रौतहट,२९ असोज । रौतहटको देवाही गोनाही नगरपालिका–५ मा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, देवाही गोनाही–३ का ६५ वर्षीय किशोर चौधरी मंगलबार साँझ दुर्घटनामा परी घटनास्थलमै मृत पाएका हुन्।
प्रहरीका अनुसार, चौधरी जगत चोकबाट मलग चोकतर्फ जाँदै गरेको ना ३८ प १३८९ नम्बरको नङ्कोगबर स्कुटर अनियन्त्रित भई पश्चिमतर्फको धानबारीमा खसेका थिए। दुर्घटनापछि गम्भीर रूपमा घाइते भएका उनको तत्कालै घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।




