spot_img

हिरासतबाट भागेका यादव स्कर्पियो चोरी गर्दा पक्राउ

spot_img
spot_img

राजविराज,२९ असाेज । जेन–जी आन्दोलनको समयमा प्रहरी हिरासतबाट फरार भएका एक युवक पुनः अपराधमा संलग्न हुँदै सप्तरीमा पक्राउ परेका छन्। लागुऔषध कारोबारको मुद्दामा पक्राउ परेका सिरहाको विष्णुपुर नगरपालिका–३ का २१ वर्षीय अमन यादव स्कर्पियो चोरी गर्न खोज्दा रंगेहात पक्राउ परेका हुन्।

प्रहरीका अनुसार यादव काठमाडौंको प्रहरी वृत्त थानकोटको हिरासतबाट गत भदौ २४ गते फरार भएका थिए। उनीमाथि ‘ब्राउन सुगर’ (लागुऔषध) कारोबारमा संलग्न भएको आरोप थियो। फरार भएपछि प्रहरीले उनीमाथि देशव्यापी खोजी जारी गरेको थियो।

सोही क्रममा यादव सोमबार बिहान सप्तरीको रुपनी गाउँपालिका–६, विरेन्द्र बजारमा स्थानीय विनय भगतको घर अगाडि पार्किङ गरिएको स १ च ७१३ नम्बरको स्कर्पियो चोरी गर्ने प्रयासमा थिए।

प्रहरीका अनुसार उनले गाडीको झ्याल फुटाएर स्टार्ट गर्न खोजे पनि ब्याट्री चार्ज नभएकाले असफल भए। त्यसपछि नजिकैको पिकअपबाट ब्याट्री निकालेर स्कर्पियो स्टार्ट गर्न खोज्दा स्थानीयले उनलाई र उनका भाइ सुमन यादवलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरे।

प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। डीएसपी डम्बरबहादुर पुरीका अनुसार, पक्राउ परेका अमन यादवलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट, काठमाडौं पठाइएको छ।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय