Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

एमालेको विशेष महाधिवेशन मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ असोज । नेकपा (एमाले) ले पार्टीको विशेष महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव गरेको छ। बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा प्रस्ताव पेस गरेका हुन्।

बैठकमा ओलीले महाधिवेशनलाई पार्टीको “संगठन सुदृढीकरण र नीतिगत पुनर्संरचना” का रूपमा लिँदै आगामी राजनीतिक यात्राको दिशानिर्देशन गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। उनका अनुसार महाधिवेशनमा संविधान संशोधन, नीति तथा कार्यक्रम अद्यावधिक, र नेतृत्व संरचनामा सुधार जस्ता एजेन्डाहरू समावेश गरिनेछ।

यसअघि बसेको एमाले सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो। सोही निर्णयलाई केन्द्रीय समितिबाट औपचारिक रूप दिन आजको बैठकले मिति प्रस्ताव गरेको हो।

- Advertisement -

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, महाधिवेशनका लागि तयारी समिति गठन र कार्यतालिका निर्धारण पनि सुरु गरिएको छ। उनका अनुसार, महाधिवेशन स्थलका रूपमा ललितपुरको गोदावरी क्षेत्र र काठमाडौं उपत्यकाभित्रका केही वैकल्पिक स्थानहरू अध्ययनमा रहेका छन्।

बैठकमा केन्द्रीय सदस्यहरूले आगामी निर्वाचन, जनसंघटनको पुनर्गठन, तथा जेन–जी आन्दोलनपछिको राजनीतिक परिदृश्यमा पार्टीको भूमिकाबारे पनि विस्तृत छलफल गरेका छन्।

ताजा समाचार

थप समाचार