spot_img

बालेन शाह र सुदन गुरुङविरुद्ध सिरहामा जाहेरी

spot_img
spot_img

जनकपुर,२९ असोज । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालुका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी परेको छ।

नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले उनीहरूविरुद्ध जाहेरी दर्ता गराएका हुन्। जाहेरीमा दुवै जनामाथि राजनीतिक मर्यादा विपरीत आपत्तिजनक अभिव्यक्ति दिएको र सामाजिक द्वन्द्व फैलाउने गतिविधि गरेको आरोप लगाइएको छ।

राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित जाहेरी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो। यस घटनाले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ।

प्रहरीले जाहेरी दर्ता गरी घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय