spot_img

पर्सा–बिर्ता–श्रीपुर–पोखरिया प्रहरी निरीक्षकको सरुवा, नयाँ नेतृत्व नियुक्त

spot_img
spot_img

नेपाल प्रहरी प्रधान कार्यालयले पर्सा र वरिपरिका इलाकामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ। यसअनुसार ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौँ पठाइएका छन्। उनको ठाउँमा प्रहरी निरीक्षक युवराज कटुवाल पर्सा ट्राफिकको जिम्मेवारी सम्हाल्ने भएका छन्।

पर्सा जिल्लाको इलाका प्रहरी कार्यालय बिर्तामा कार्यरत निरीक्षक निरोज चौलागाइँलाई अपराध अनुसन्धान महाशाखा, काठमाडौं सरुवा गरिएको छ। उनका स्थानमा प्रहरी निरीक्षक विक्रम सुबेदी बिर्तामा खटिएका छन्।

त्यस्तै, वडा प्रहरी कार्यालय श्रीपुरका निरीक्षक श्यामकुमार बस्नेत जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएका छन्। अब श्रीपुरको जिम्मेवारी नवीन थापा मगरले सम्हाल्ने भएका छन्।

पोखरियामा कार्यरत निरीक्षक स्वरूपराज शर्मा जिल्ला प्रहरी परिसर भक्तपुरमा सरुवा भएका छन्। उनका स्थानमा प्रहरी निरीक्षक प्रदीप पौडेलपोखरिया खटिएका छन्।

स्थानीय प्रहरी स्रोतका अनुसार यी सरुवाले जिल्ला प्रहरी कार्यालयहरूको नेतृत्व सुदृढ पार्ने र सुरक्षा व्यवस्थापनमा सुधार ल्याउने विश्वास गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय