spot_img

चाँदीको सिक्का किन्न राष्ट्र बैंक टक्सार महाशाखामा भीड

spot_img
spot_img

काठमाडौं,२९ असोज । नेपाल राष्ट्र बैंकले यसवर्ष सर्वसाधारणका लागि चाँदीको सिक्काको बिक्री मात्र खुला गरेको छ। मंगलबारदेखि टक्सार महाशाखामा चाँदीको सिक्का किन्न सर्वसाधारणको भीड लागेको छ।

महाशाखाले १० ग्राम र १० ग्राम तौलका लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का बिक्री गरिरहेको छ। बिक्री आज दिउँसो ४ बजेसम्म सञ्चालन हुने बताइएको छ। यसपालि सुनको असर्फी बिक्री बन्द गरिएको छ भने चाँदीको सिक्कामात्र उपलब्ध गराइएको छ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समयमा सुनको मूल्य निरन्तर बढिरहेको छ। बुधबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ४८ हजार नाघेको छ। विश्वभर केन्द्रीय बैंकहरूले सुन सञ्चितिको रूपमा राख्दै आएकोले आपूर्तिमा कमी देखिएको छ।

सिक्का किन्न आउनेहरूका अनुसार, पर्व र लगानी दुवै उद्देश्यका लागि चाँदीको सिक्का लोकप्रिय बनेको छ। राष्ट्र बैंकले उपभोक्ताको भीड व्यवस्थापन गर्न पर्याप्त सुरक्षा र व्यवस्थित वितरणको व्यवस्था मिलाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय