Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

अहिलेको प्रणाली परिवर्तन गर्नुपर्छ : प्रभु साह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालको राजनीतिक अस्थिरताको मूल कारण वर्तमान शासकीय संरचना र निर्वाचन प्रणाली भएको बताएका छन्। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको व्यवस्था रहँदासम्म देश प्रगतिको मार्गमा अघि बढ्न नसक्ने बताएका छन्।

नेता साहले जेनजी आन्दोलनलाई संस्थागत बनाउने सट्टा राजनीतिक व्यक्तित्व र विदेशी हितका नाममा व्यवस्थालाई विकृत गरिएको आरोप लगाएका छन्। उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई आम जनताको स्वामित्व नभएर “तिरस्कृत नेताहरूको प्रस्तावमा नियुक्त” भएको उल्लेख गर्दै सरकारको गतिविधि अदृश्य र सन्दिग्ध रहेको टिप्पणी गरे।

साहले सिंहदरबार, सर्वोच्च अदालत र अन्य सरकारी भवनमा भएको तोडफोड तथा आगजनीप्रति सरकारले कुनै चासो नदेखाएको र करार कर्मचारी हटाउने निर्णयमार्फत अन्याय भएको आरोप पनि लगाए।

उनले संसद् पुनर्स्थापनाबारे जनताले पहिले नै अस्वीकृति जनाइसकेको भन्दै यस विषयमा फेरि उठाउने प्रयास स्वीकार्य नरहेको बताए। प्रभु साहले वर्तमान प्रणाली सुधार नगरी राजनीतिक स्थिरता र विकास सम्भव नहुने भन्दै “देशको शासकीय संरचना र निर्वाचन प्रणाली तत्काल सुधार गर्नुपर्ने”मा जोड दिएका छन्।

यस अवसरमा आजपा अध्यक्षले आगामी दिनमा तेस्रो जनआन्दोलनको उद्घोष गर्दै व्यापक राजनीतिक सुधारका कार्यक्रम अघि बढाउने योजना रहेको समेत जानकारी दिएका छन्।

ताजा समाचार

थप समाचार