spot_img

जनमत पार्टीले आधिकारिक पत्रमार्फत सोनललाई मुख्यमन्त्रीमा समर्थन पुष्टि

spot_img
spot_img

जनकपुर,२९ असाेज । जनमत पार्टीले प्रदेश प्रमुखलाई आधिकारिक पत्र पठाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने आफ्नो समर्थन पुष्टि गरेको छ।

जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले बुधबार पत्र बुझाउँदै, कांग्रेस र अन्य दलसँगको विवादबारे स्पष्ट पार्दै पत्रलाई आधिकारिक भएको उल्लेख गरेका छन्। यसअघि, कांग्रेसले पनि प्रदेश प्रमुखलाई हस्ताक्षर सहित दाबी पेस गरेको थियो, जसले प्रदेशमा सत्ता समीकरणमा असमझदारी उत्पन्न गरेको थियो।

असोज २२ गते कांग्रेस संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा १३ जनाको हस्ताक्षर प्रदेश प्रमुख कार्यालयमा बुझाइएको थियो। तर, तत्कालीन मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा नदिँदा र प्रदेश प्रमुखले आह्वान नगर्दा सो हस्ताक्षरलाई वैधानिक नभएको आलोचना भएको थियो।

हाल, मुख्यमन्त्री सिंहले राजीनामा दिएका छन् र प्रदेश प्रमुखले सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेका छन्। त्यसपछि जसपा नेपाल, लोसपा नेपाल, माओवादी केन्द्र, जनमत पार्टी र नेकपा (एस) ले संयुक्त रुपमा लोसपा उपाध्यक्ष सोनलको पक्षमा ५६ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन्।

जनमत पार्टीले दिएको पत्रले अब सोनलको मुख्यमन्त्री नियुक्ति प्रक्रिया वैधानिक आधारमा अघि बढाउने सम्भावना बलियो बनाएको छ। यसले मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया र शक्ति सन्तुलनमा निर्णायक भूमिका खेल्ने देखिन्छ।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय