spot_img

औषधि उत्पादक संघद्वारा बीरगन्ज महानगरपालिकालाई कम्प्युटर र प्रिन्टर सहयोग

spot_img
spot_img

बीरगन्ज,२९ असोज । नेपाल औषधि उत्पादक संघ, बीरगन्ज  इकाईले बीरगन्ज महानगरपालिकालाई १० थान कम्प्युटर सेट (UPS सहित) र ४ थान प्रिन्टर प्रदान गरेको छ। यो सहयोग महानगरपालिकाको कार्यालयको सेवा पुनः सञ्चालनमा सहयोग पुर्‍याउनका लागि गरिएको हो।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अराजक समूहले महानगरपालिकाको भवन, फर्निचर, कागजात, सूचना–प्रविधि उपकरण र अन्य सामग्री जलाएर नष्ट गरेपछि दैनिक प्रशासनिक कामकाज गम्भीर रूपमा प्रभावित भएको थियो।

उपकरण हस्तान्तरण कार्यक्रममा बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले औषधि उत्पादक संघको सहयोग अत्यन्तै उपयोगी भएको भन्दै धन्यवाद व्यक्त गरे। मेयर सिंहले भने, “महानगरको दैनिक कामकाजलाई सहज बनाउन संघको सहयोग महत्वपूर्ण छ। भविष्यमा पनि संघ र महानगरबीच सहकार्य निरन्तर रहोस् भन्ने अपेक्षा राख्छौं।”

संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले भने, “महानगरपालिकाको सम्पत्ति नष्ट हुनु नागरिकको सम्पत्ति नष्ट हुनु हो। यस्तो परिस्थितिमा सबै क्षेत्रका निकायले सहकार्य गर्नु आवश्यक छ। हाम्रो सानो सहयोगले महानगरलाई फेरि उठ्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो कदम चालिएको हो।”

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण र संघका पदाधिकारी विनित लोहिया, विनय काब्रा, सर्वोत्तम गिरी, उमेश श्रेष्ठ लगायत उपस्थित थिए। यसअघि सूर्य नेपालले पनि महानगरपालिकालाई कम्प्युटर, ल्यापटप र प्रिन्टर उपलब्ध गराएको थियो।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय