spot_img

पर्सा प्रहरी कार्यालयमा बिचौलियाको प्रवेशमा रोक

spot_img
spot_img

बीरगन्ज,२९ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले बिचौलियाहरूको प्रवेशमा कडाइ गरेपछि कार्यालयमा सेवाग्राहीको संख्या उल्लेखनीय रूपमा घटेको छ।

गत असोज ७ गतेदेखि जिल्ला प्रहरी उपरीक्षक (डीएसपी) सुदीपराज पाठकको नेतृत्वमा लागू गरिएको नयाँ व्यवस्था अनुसार, कुनै पनि मुद्दामा पीडित नभएका व्यक्ति वा बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाइएको छ।

यस कदमले कार्यालयको भीडभाड कम गरेको छ र शाखाहरूमा सेवा प्रवाह अझ व्यवस्थित बनेको छ। कार्यालयमा प्रवेश गर्ने प्रत्येक सेवाग्राहीले आफ्नो नाम, ठेगाना र कामको प्रयोजन विवरण दिनुपर्दा, अनावश्यक भिडभाड नियन्त्रणमा आएको प्रहरी उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

पहिले जिल्ला अपराध शाखा, उजुरी शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्षमा बिचौलियाहरूको भिडले कार्यालय सञ्चालनमा बाधा पुर्‍याउने गरेको थियो।

यस नीति लागू भएपछि सेवाग्राहीले सहज रूपमा सेवा पाउन थालेको र कार्यालयको कार्यक्षमता वृद्धि भएको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय