Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

प्रतिनिधि सभा विघटनविरुद्धका रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,३० असोज । प्रतिनिधि सभा विघटन र सरकार गठनका विषयमा सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन् । मङ्गलबार पेस भएका १० वटा रिट निवेदन अध्ययनपछि सर्वोच्च प्रशासनले दर्ता गरेको हो ।

दर्ता रिटको प्रारम्भिक सुनुवाइ कात्तिक १२ गते संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पेस भएका दस वटै रिट दर्ता भएको बताउनुभयो ।

सर्वोच्चका अनुसार डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल निवेदक रहेका रिट दर्ता भएका हुन् । दुई रिटमा भने एकभन्दा बढी निवेदक छन् ।

जेनजी आन्दोलनपछि एक महिनाभन्दा लामो समयसम्म बन्दीप्रत्यक्षीकरणका रिट मात्र सुनुवाइ भएकोमा पूर्ण बैठकको निर्णय अनुसार मङ्गलबारबाट सबै प्रकारका रिट र निवेदनहरू दर्ता सुरु भएको थियो । पहिलो दिन विघटन र सरकार गठनसँग सम्बन्धित १० वटा रिट पेस भएका थिए । रिटमा सरकार गठन, प्रतिनिधि सभा विघटनसँगै जेनजी आन्दोलनमा भएको दमन र तोडफोडलगायत विषयमा फरक फरक आदेश पनि माग गरिएको छ । रिटमा प्रधानमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएकाले बदरको माग गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नेपालको संविधानको धारा १३२९२० विपरीत भएको पनि रिटहरूमा जिकिर गरिएको छ । सर्वोच्च अदालतको अवकाश प्राप्त प्रधान न्यायाधीश तथा न्यायाधीश कुनै पनि सरकारी पदमा नियुक्तिका लागि अयोग्य हुने संवैधानिक व्यवस्था प्रतिकूल कार्की प्रधानमन्त्री नियुक्त भएकाले बदरको माग गरिएको छ । यही प्रश्न मन्त्रीमण्डलका सदस्य अनिलकुमार सिन्हाको नियुक्तिमा पनि उठाइएको छ ।

यस्तै प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनसमेत असंवैधानिक भएकाले बदरको माग पनि निवेदनहरूमा गरिएको छ । असंवैधानिक कार्यलाई अनुमोदन गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलमाथि महाभियोगको प्रक्रिया अघि बढाउन सङ्घीय संसद्का नाममा आदेशको माग पनि रिटमा गरिएको छ ।

भदौ २३ को घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न र भदौ २४ गतेको सर्वोच्च अदालत, संसद् भवन र सिंहदरबार तोडफोडमा संलग्नलाई कारबाहीको आदेशका लागि माग गरिएको छ । भदौ २३ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख, काठमाडौँ जिल्लाका प्रहरी प्रमुखमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्ने आदेशको माग पनि रिटमा गरिएको छ ।

सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी गर्नेको प्रमाण सङ्कलन गरी छानबिन र कानुनी कारबाही अघि बढाउने आदेशको माग पनि रिटमा गरिएको छ । सबै रिटमा राष्ट्रपति कार्यालय, नवनियुक्त प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।

ताजा समाचार

थप समाचार