Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

पथलैयामा ३ हजार किलो केराउसहित पिकअप गाडी नियन्त्रणमा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,३० असाेज । बाराको पथलैयामा प्रहरीले भन्सार छली गरी केराउ ढुवानी गर्दै गरेको एक पिकअप गाडी नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा प्रहरीले करिब ३ हजार किलो केराउ बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, बिहान करिब ४ बजेर २० मिनेट जाँदा प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१, पथलैया सडकखण्डमा उक्त गाडी रोकेर जाँच गरेको थियो।

प्रहरीले पचरौताबाट नारायणघाटतर्फ जाँदै गरेको बा.प्र.०१–०३२ च–२९७१ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा बिल, भरपाई र भन्सार कागजात नभएको अवस्थामा केराउ फेला पारेको हो। बरामद गरिएको केराउको अनुमानित बजार मूल्य रु ३ लाख ६० हजार बराबर रहेको प्रहरीको भनाइ छ।

- Advertisement -

प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानले उक्त केराउ भारतबाट भन्सार शुल्क नतिरी नेपाल भित्र्याइएको आशंका गरिएको छ।

कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो पक्राउ परेका वस्तु र सवारीसाधनलाई प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको जनाएको छ।

प्रहरीका एक अधिकारीले भने, “सीमावर्ती क्षेत्रमा दैनिक रूपमा भन्सार छलीका गतिविधि बढिरहेका छन्। यसलाई नियन्त्रण गर्न प्रहरीको निगरानी थप कडा बनाइएको छ।”

 

ताजा समाचार

थप समाचार