spot_img

पथलैयामा ३ हजार किलो केराउसहित पिकअप गाडी नियन्त्रणमा

spot_img
spot_img

बारा,३० असाेज । बाराको पथलैयामा प्रहरीले भन्सार छली गरी केराउ ढुवानी गर्दै गरेको एक पिकअप गाडी नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा प्रहरीले करिब ३ हजार किलो केराउ बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, बिहान करिब ४ बजेर २० मिनेट जाँदा प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१, पथलैया सडकखण्डमा उक्त गाडी रोकेर जाँच गरेको थियो।

प्रहरीले पचरौताबाट नारायणघाटतर्फ जाँदै गरेको बा.प्र.०१–०३२ च–२९७१ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा बिल, भरपाई र भन्सार कागजात नभएको अवस्थामा केराउ फेला पारेको हो। बरामद गरिएको केराउको अनुमानित बजार मूल्य रु ३ लाख ६० हजार बराबर रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानले उक्त केराउ भारतबाट भन्सार शुल्क नतिरी नेपाल भित्र्याइएको आशंका गरिएको छ।

कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो पक्राउ परेका वस्तु र सवारीसाधनलाई प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको जनाएको छ।

प्रहरीका एक अधिकारीले भने, “सीमावर्ती क्षेत्रमा दैनिक रूपमा भन्सार छलीका गतिविधि बढिरहेका छन्। यसलाई नियन्त्रण गर्न प्रहरीको निगरानी थप कडा बनाइएको छ।”

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय