लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल पाँच दलको गठबन्धनका ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई एक सिट भएको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन जनाएको छ।
सोनल मधेश प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन्। शपथ ग्रहणपछि उनले प्रदेशको विकास, सुशासन र जनअपेक्षा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।