Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

दोलखामा भालुको आक्रमणबाट ५९ वर्षीय पुरुषको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३० असोज । दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकामा भालुको भयानक आक्रमणबाट एक पुरुषले ज्यान गुमाएका छन् ।

गाउँपालिका–३, पल्लो ठाडेका ५९ वर्षीय टेकबहादुर तामाङको आज बिहान घर नजिकैको बारीमा भालुको आक्रमणबाट मृत्यु भएको हो । स्थानीयहरूका अनुसार, तामाङ बिहान घर नजिकैको बारीमा गएका बेला भालुले उनीमाथि अचानक आक्रमण गर्‍यो। भालुले उनको अनुहार र टाउकोमा गहिरो चोट पुऱ्याएको थियो, जसका कारण तामाङको घटनास्थलमै मृत्यु भयो ।

दोलखा प्रहरीले घटनास्थल घरबाट करिब २०० मिटरको दूरीमा रहेको पुष्टि गरेको छ। यो घटनाले दोलखाको त्यस क्षेत्रमा वन्यजन्तुको जोखिम बढेको देखाउँछ। विशेषगरी, जिरी नगरपालिकामा केही समयअघि पनि भालुको आक्रमणबाट दुई जना घाइते भएका थिए ।

प्रत्येक वर्षजसो दोलखाको जिरीसहित विभिन्न क्षेत्रमा भालुले आक्रमण गरेको घटनाहरु सार्वजनिक भैरहेका छन् । जिरीको घना जंगलसँग सिमाना जोडिएको वैतेश्वरको ठाडे क्षेत्रमा पनि कालो भालुको बिगबिगी रहेको र सोही भालुले तामाङमाथि आक्रमण गरेको हुनसक्ने अनुमान स्थानीयहरूले गरेका छन् । यस घटनाले त्यस क्षेत्रका बासिन्दामा ठूलो त्रास उत्पन्न भएको छ।

ताजा समाचार

थप समाचार