spot_img

पर्सामा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

spot_img
spot_img

बीरगन्ज,३० असाेज । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा पर्सा जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जको संयुक्त पहलमा सम्पन्न यस कार्यक्रममा ६७ युनिट रगत सङ्कलन गरिएको छ।

रक्तदान कार्यक्रमको उद्देश्य जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा हुने रगत अभावलाई सम्बोधन गर्नु रहेको आयोजकहरूले बताएका छन्।

कार्यक्रमको शुभारम्भ नेपाल प्रहरी प्रदेश कार्यालय बीरगन्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी प्रमुख सुदीपराज पाठकले रक्तदातालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गर्दै गरेका थिए।

पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले भने,“प्रहरी दिवस विविध कार्यक्रम गरेर मनाउँदै आइरहेका छौँ। बुधबार विभिन्न धार्मिक स्थलमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छौँ। आज रक्तदान कार्यक्रम सञ्चालन गरेका छौँ र भोलि प्रहरी दिवसको मुख्य कार्यक्रम हुनेछ।”

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय