Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

प्लास्टिकका फूलमाला रोक्न चितवनका व्यवसायीको प्रशासनलाई निवेदन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,३० असोज । चितवनका पुष्प व्यवसायीहरुले भारतबाट अबैधरुपमा भित्रिएका प्लास्टिकका फूलमालालाई रोक्न जिल्ला प्रमुख अधिकारीलाई आग्रह गरेका छन् ।

फ्लोरीकल्चर एशोसियसन नेपाल, चितवले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बजार अनुगमन गरेर स्वदेशी फूल उत्पादनको बजारीकरणलाई सहयोग गर्न आग्रह गरेको छ । पुष्प व्यवसायीहरुले फूलमा आत्मनिर्भर भएको अवस्थामा विदेशी प्लाष्टिकको माला ल्याएर स्वदेशी उत्पादनलाई निरुत्साहित गरिएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले आफुहरुले प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि समन्वय गरिदिन आग्रह गरेका थिए ।

फ्लोरीकल्चर एशोसियसन नेपाल जिल्ला समिति, चितवनका अनुसार चितवनका विभिन्न स्थानमा गरी करिब ४० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ । यसबाट अनुमानित ३ लाख सयपत्री फूलको माला उत्पादन हुने देखिएको छ । यस पटक सयपत्री मालामा चितवन आत्मनिर्भर रहेको बताउदै एसोसियसनले आत्मनिर्भर हुँदा हुँदै पनि भारतबाट अवैध रुपमा सुतरीको डोरीमा उनिएको माला नेपाल भित्रने र सो कुराले नेपाली किसानले ठूलो नोक्सान बेहोर्नु पर्ने हुँदा सो कुराको बजार अनुगमन गरी आवश्यक कानुन बमोजिम कारवाही गर्न अनुरोध गरको छ ।

- Advertisement -

साथै नेपाल सरकारले प्रतिबन्ध लगाएको प्लाष्टिकजन्य फूलमाला हरेक वर्ष सूचना दिदा दिदै पनि बजारका व्यापारीहरु, प्लाष्टिक जन्य फूलमाला बेचिरहेको पाइएकोले सो कुराको अनुगमन गरी त्यसको निषेधको प्रक्रियामा अगाडी बढाउ समेत प्रशासनलाई आग्रह गरेको छ । एसोसियसनले यस वर्ष सयपत्री तथा मखमली फूलको मालाको खुद्रा मुल्य एक सय कायम गरेको जानकारी दिएको छ ।

ताजा समाचार

थप समाचार