Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

सरकारले राजनीतिक नियुक्तिका ११ राजदूत फिर्ता बोलाउने तयारी

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३० असोज । सरकारले राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ देशका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णयको तयारी गरेको स्रोतले जानकारी दियो ।

“अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी भएको छ । मन्त्रिपरिषद्को बैठकले फिर्ता बोलाउने निर्णय गर्नेछ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो । राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका पाँचजनाको नाम भने फिर्ता बोलाउने वा नबोलाउने विषयमा अझै छलफल चलिरहेको स्रोतको दाबी छ । ११ जनालाई तत्काल फिर्ता बोलाउने र पाँचजनाको कार्यशैली केही समय हेर्ने भन्ने समझदार हाल बनेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

“राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका पाँच जनालाई तत्काल फिर्ता नबोलाउने समझदारी बनेको छ । तर छलफल चलिरहेकोले यसै भन्न सकिन्न,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । हाल विभिन्न देशमा रहेका ३१ दूतावास र तीन स्थायी नियोग गरी ३४ वटा नियोगहरुमा नेपाली राजदूतहरु रहेका छन् । तीमध्ये १८ स्थानमा करियर डिप्लोम्याट (परराष्ट्र मन्त्रालयका) र १६ स्थानमा राजनीतिक नियुक्तिका आधारमा गएका राजदूतहरु छन् ।

- Advertisement -

“करियर डिप्लोम्याटलाई फिर्ता बोलाइँदैन,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “अन्य ११ राजदूतलाई सकेसम्म छिट्टै फिर्ता बोलाउने निर्णय हुन्छ ।”

सरकारले फिर्ता बोलाउन लागेका राजदूतमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि शाहिल रुपाखेती, भारतका लागि डा. शंकरप्रसाद शर्मा, इजरायलका लागि धनप्रसाद पन्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिकाका लागि लोकदर्शन रेग्मी र स्पेनका लागि शनिल नेपाल छन् ।

राजनीतिक नियुक्तिबाट राजदूत बनेका अष्ट्रिेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि शीवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ र श्रीलंकाका लागि पूर्णबहादुर नेपालीलाई भने तत्काल फिर्ता नबोलाइने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

करियर राजदूतहरु बहराइनका लागि तीर्थराज वाग्ले, बंगलादेशका लागि घनश्याम भण्डारी, बेल्जियमका लागि सेवा लम्साल, ब्राजिलका लागि निर्मलराज काफ्ले, क्यानडाका लागि भरतराज पौड्याल, इजिप्टका लागि सुशिल लम्साल, फ्रान्सका लागि सुधिर भट्टराई, जापानका लागि दुर्गाबहादुर सुवेदी, कुवेतका लागि घनश्याम लम्साल, म्यानमारका लागि हरिषचन्द्र घिमिरे, ओमानका लागि डोरनाथ अर्याल, पाकिस्तानका लागि रिता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, थाइल्याण्डका लागि धनबहादुर वली, युनाइटेड अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, राष्ट्रसंघका लागि अमेरिकाको न्यूयोर्कस्थित स्थायी नियोगका लागि लोकबहादुर थापा, जेनेभास्थित स्थायी नियोगका लागि रामप्रसाद सुवेदी र अष्ट्रियास्थित नेपाली स्थायी नियोगका लागि भरतकुमार रेग्मीलाई भने फिर्ता बोलाइने छैन ।

ताजा समाचार

थप समाचार