spot_img

जनमत पार्टी विभाजनविरूद्ध सिके राउतले दिए सर्वोच्चमा रिट

spot_img
spot_img

काठमाडौं,३० असोज । जनमत पार्टी विभाजनविरूद्ध अध्यक्ष सिके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। जनमतका उपाध्यक्ष रहेका दीपककुमार साहले केही दिनअघि पार्टी फुटाएर जनस्वराज पार्टी गठन गरेका थिए।

जनमतमा असन्तुष्ट पक्षले अर्को पार्टी गठन गरेपछि अध्यक्ष राउतले पेस गरेको रिटलाई बिहीबार सर्वोच्च अदलतले दायर गरेको छ। शुक्रबारलाई उक्त मुद्दाको पेसी तोकिएको छ। राउतले निर्वाचन आयोगलाई विपक्षी बनाएको छ।

पार्टीको नीति विपरीत काम गरेको भन्दै राउतले साहलाई निष्कासन गरेका थिए। निर्वाचन आयोगले पनि असोज २८ गते विभाजन भई बनेको जनस्वराज पार्टीलाई मान्यता दिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय