spot_img

निर्वाचनमा सहभागी हुन कांग्रेस युवा पुस्तालाई जोड :डा. कोइराला

spot_img
spot_img

काठमाडाैं,३० असाेज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको साख जोगाउन र आगामी राष्ट्रिय निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका युवा तथा कार्यकर्तालाई जोड दिएका छन्।

केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै डा। कोइरालाले वर्तमान सरकारलाई जनता र जेनजी पुस्ताबाट समर्थन प्राप्त भएको र यसलाई राष्ट्रिय भावधाराको विकल्प नभएको स्पष्ट पारे। उनले भने, “निर्वाचनको विकल्प खोज्दा कांग्रेस केवल युवा पुस्ताबाट मात्र नभई देशको राजनीतिबाटै असान्दर्भिक बन्न सक्छ।”

डा. कोइरालाले वर्तमान संविधानलाई सात दशकको प्रयासपछि बनेको उपलब्धि भन्दै अहिले ‘अर्धमूर्छित’ अवस्थामा रहेको बताए। उनका अनुसार, घोषित निर्वाचनमा सबै नेपाली नागरिक सहभागी हुने वातावरण सिर्जना गर्नु नै भविष्यन्मुखी दिशा हो।

डा. कोइरालाले भाद्र २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार नियन्त्रणमा ल्याउन र जेलबाट भागेका अपराधीलाई कानुनको कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए। उनले समाजमा फैलिएको त्रासका कारण नागरिकहरूले निर्वाध निर्वाचनमा भाग लिन नसक्ने अवस्था आएको भन्दै, सरकारलाई सुरक्षा र शान्तिको वातावरण निर्माण गर्न जिम्मेवार ठहराए।

साथै, आन्दोलनको नाममा भएका तोड़फोड, आगजनी, लुटपाट र हत्या–हिंसाजस्ता असामाजिक कार्य गर्ने तत्वको पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय