spot_img

निवर्तमान मुख्यमन्त्री सिंहलाई औपचारिक बिदाइ

spot_img
spot_img

जनकपुर,३० असाेज । मधेश प्रदेशको राजनीतिक नेतृत्वमा आएको परिवर्तनसँगै निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औपचारिक बिदाइ गरेको छ। बिहीबार कार्यालय परिसरमा आयोजित विशेष समारोहमा सिंहलाई कार्यकालमा पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै भावनात्मक विदाइ दिइयो।

बिदाइ समारोहमा प्रमुख सचिव मदन भुजेल, विभिन्न मन्त्रालयका सचिवहरू, सल्लाहकार, र मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू उपस्थित थिए।उनीहरूले सिंहको कार्यकालमा प्रदेश प्रशासनलाई सुशासन, पारदर्शिता र सेवा प्रवाहमा देखिएको सुधारका लागि धन्यवाद ज्ञापन गरे।

प्रमुख सचिव भुजेलले भने,“सिंहको नेतृत्वमा प्रशासनिक संयोजन र मन्त्रालयबीचको सहकार्य सुदृढ भएको थियो, जुन भावी नेतृत्वका लागि पनि प्रेरक बन्नेछ।”

निवर्तमान मुख्यमन्त्री सिंहले सबै अधिकारीहरू र कर्मचारीप्रति आभार व्यक्त गर्दै भने,“सरकारको नेतृत्व बदलिँदै जान्छ, तर प्रदेशको विकास निरन्तर रहन्छ। हामी सबैको साझा उद्देश्य मधेशको प्रगति हो।”

सिंहले नयाँ मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको नेतृत्वमा सरकार सफल होस् भन्ने शुभकामना दिंदै राजनीतिक स्थायित्वका लागि सहकार्यको आवश्यकता औंल्याए।

गत बुधवार साँझ संविधानको धारा १६८ (२) अनुसार सोनल मधेश प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय