spot_img

मतदाता नामावलीमा नाम दर्ता गर्न पर्सा प्रशासनको आग्रह

spot_img
spot_img

बीरगन्ज,३० असाेज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी निर्वाचनमा सहभागी हुनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय कुमार गुप्ताले आज जारी गरेको सूचनामा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने प्रक्रियाबारे जानकारी गराइएको छ।

यहि कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ। यसका लागि निर्वाचन आयोगले अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ।

मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपाली नागरिकहरूले https://applyver.election.gov.np/  बाट अनलाइन फारम भर्न सक्नेछन्। अनलाइन फारम भरिसकेपछि भने फोटो खिचाउन र बायोमेट्रिक विवरण दिनका लागि जुनसुकै निर्वाचन कार्यालयमा जान सकिने व्यवस्था मिलाइएको छ।

पर्सा प्रशासनले फागुन २१ गते गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्यमा सहभागी हुनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन सबै सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय