spot_img

जसपा नेपाल मधेस प्रदेश अध्यक्षमा यादव निर्विरोध निर्वाचित

spot_img
spot_img

जनकपुर,३१ असाेज । जनता समाजवादी पार्टी (जसपा) नेपालका बालकिशोर यादव मधेस प्रदेश समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। बिहीबार सम्पन्न मनोनयन प्रक्रियामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको कारण उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा केवल यादवको उम्मेदवारी परेपछि प्रतिस्पर्धा नभएर उनी स्वतः निर्वाचित बनेका हुन्।त्यसैगरी, मुख्य सचिवमा ज्ञानेन्द्र कुमार यादव र कोषाध्यक्षमा विष्णु प्रसाद साह पनि एकल उम्मेदवारका रूपमा निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्ष पदका अर्का दाबेदार योगेन्द्र राय यादवले सर्लाही जिल्लाबाट प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै निर्वाचन प्रक्रिया नै बहिष्कार गरेका थिए। उनका अनुसार वर्तमान अध्यक्ष पक्षले प्रदेशतर्फ मनोनयन गरिने ५ प्रतिशत प्रतिनिधि छनोटमा पक्षपात र गुटगत मनोवृत्ति देखाएको आरोप लगाएका छन्।
तर, निर्वाचन समितिले सबै प्रक्रिया नियमअनुसार भएको बताउँदै निर्वाचन अघि बढाएको थियो।

अध्यक्ष, मुख्यसचिव र कोषाध्यक्ष बाहेक अन्य पदमा प्रतिस्पर्धा कायम छ।तीन उपाध्यक्षका लागि सात जना, तीन सचिवका लागि चार जना र ४२ सदस्यका लागि ७२ जना उम्मेदवारले मनोनयन दिएका छन्।बन्द सत्रमा उपस्थित प्रतिनिधिहरूले कार्यसमितिलाई पूर्णता दिने अधिकार अध्यक्ष मण्डललाई दिने निर्णय गरेपछि बाँकी पदहरूमा सहमतिको प्रयास भइरहेको जसपा स्रोतले जनाएको छ।

बालकिशोर यादव मधेस प्रदेशमा जसपाका वरिष्ठ नेता र संघीय सांसद महन्थ ठाकुर समूहका निकट नेता मानिन्छन्। उनले विगतमा प्रदेश समितिको संयोजकका रूपमा काम गरेका थिए। जसपा नेपालले हाल देशभरका प्रदेश र जिल्ला समितिहरू पुनर्गठनको अभियान अघि सारेको छ, जसअन्तर्गत यो निर्वाचनलाई पार्टी सुदृढीकरणको पहिलो कदम मानिएको छ।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय