Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

‘छोरा मुख्यमन्त्री हुन्छ भन्ने कहिल्यै कल्पना गरेको थिइनँ’

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,३१ असाेज । मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका जितेन्द्र प्रसाद सोनार (सोनल)का ७६ वर्षीय पिता लक्ष्मी साह सोनार अहिले अपार खुशीमा छन्। तीन दशकभन्दा बढी समय कृषि अनुसन्धान केन्द्र, परवानीपुरमा सवारी चालकका रूपमा काम गरेका उनले सोचेकै थिएनन् कहिले आफ्नो छोरा कुनै प्रदेशको सरकारको नेतृत्व गर्नेछ।

‘म त मजदुरी गरेर परिवार पाल्ने मान्छे,’ लक्ष्मीले भने,“छोरा सानैदेखि राजनीतिमा सक्रिय थियो, तर मुख्यमन्त्री हुन्छ भन्ने कल्पना पनि गरेको थिइनँ। अब उसको मेहनतको फल पाएको छु, बाँकी सबै भगवानको भरोसामा।”

बारा–४ का स्थायी निवासी सोनल सामान्य मध्यमवर्गीय परिवारमा जन्मिएका हुन्। लक्ष्मीका ६ छोरामध्ये उनी जेठा हुन्।
सानैदेखि सामाजिक र राजनीतिक गतिविधिप्रति रुचि राख्ने सोनलले गजेन्द्रनारायण सिंहको नेतृत्वमा सद्भावना पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।

- Advertisement -

२०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनमा सक्रिय भूमिकामा रहेका उनले बाराका गाउँदेखि काठमाडौंसम्म निरन्तर राजनीतिक संघर्ष गरे।२०६४ सालको संविधान सभा निर्वाचनमा बारा–४ बाट निर्वाचित हुँदै उनले राष्ट्रिय राजनीतिमा प्रवेश गरे।पछि २०७४ सालमा प्रदेशसभा सदस्य बनेर मधेस प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री समेत भए।

२०७९ मा पुनः बारा–४ (ख) बाट विजयी हुँदै उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को तर्फबाट प्रदेश सभामा निरन्तरता पाएका छन्।

बुधबार प्रदेश प्रमुखले सोनललाई मुख्यमन्त्रीको नियुक्तिपत्र दिएलगत्तै लिपनीस्थित उनका घरमा उत्सवमय वातावरण छायो।
पारिवारिक सदस्य र छिमेकीहरूले फूलमाला र अबिरले अभिनन्दन गरे।उनकी आमा सुदमादेवी सोनार भावुक हुँदै भन्छिन्  ।“सानैदेखि ऊ पढ्न जान्छु भनेर घरबाट निस्कन्थ्यो, तर पछि थाहा हुन्थ्यो राजनीतिक कार्यक्रममा गएको रहेछ। सानैदेखि संघर्षको बाटो रोजेको हो, आज मुख्यमन्त्री भएकोमा गर्व लागेको छ।”

सोनलले जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) सहित पाँच राजनीतिक दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा सरकार गठन गरेका हुन्।उनले लोसपा प्रदेश संसदीय दलको नेताका रूपमा मधेसको नयाँ सरकारको नेतृत्व सम्हालेका हुन्।

 

 

ताजा समाचार

थप समाचार