spot_img

पर्साका दास बारामा ब्राउन सुगरसहित पक्राउ

spot_img
spot_img

बीरगन्ज,३१ । बारामा प्रहरीले लागूपदार्थ खैरो हेरोइन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–३ निवासी ४२ वर्षीय रामाशंकर दास रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार बिहीबार दिउँसो प्रसौनी गाउँपालिका–३, नौतनबाट दासलाई १९.७८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।वीरगन्जबाट प्रसौनीतर्फ पैदल यात्रा गर्दै गरेका दासलाई प्रहरीको नियमित चेकजाँच टोलीले शंकास्पद ठानी रोकेर जाँच गर्दा उनको पाइन्टको खल्तीभित्र प्लास्टिकमा बेरिएको अवस्थामा उक्त पदार्थ बरामद भएको हो।

श्रेष्ठका अनुसार, पक्राउ परेका दासले लागूपदार्थ कहाँबाट ल्याएको र कसलाई पु¥याउने उद्देश्य राखेको भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ।“पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय प्रसौनीको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ,” — प्रहरी निरीक्षक श्रेष्ठले भने।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा दास लामो समयदेखि लागूपदार्थको साना कारोबारमा संलग्न रहेको हुनसक्ने आशंका जनाएको छ। बरामद ब्राउन सुगरलाई परीक्षणका लागि नारकोटिक्स ब्यूरो, वीरगन्ज पठाइएको छ।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय