spot_img

७०औं प्रहरी दिवसमा वीरगन्जमा अमर शहीद प्रहरीप्रति श्रद्धाञ्जली

spot_img
spot_img

वीरगन्ज,३१ असाेज । नागरिक प्रहरी सहकार्य ‘सुरक्षाको लागि अपरिहार्य’ भन्ने मूल नाराका साथ आज ७० औं प्रहरी दिवस भव्यताका साथ मनाइएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय पर्सा, वीरगन्जको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा आयोजित विशेष कार्यक्रममा अमर शहीद प्रहरी कर्मचारीहरूको योगदानको स्मरण र सम्मान गरिएको छ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख जिल्ला अधिकारी सुवेदी, पूर्व प्रहरी कर्मचारीहरू, अमर शहीद प्रहरी परिवारजनहरू, वरिष्ठ प्रहरी अधिकारीहरू, यस कार्यालय तथा मातहतका प्रहरी कार्यालयका सम्पूर्ण कर्मचारीहरू र सञ्चारकर्मीहरूको उपस्थितिमा अमर शहीद स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

श्रद्धाञ्जलीपछि आयोजित कार्यक्रममा अमर शहीद प्रहरीका परिवारजनहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। यस सम्मान कार्यक्रमले राष्ट्रको शान्ति सुरक्षाका लागि जीवन उत्सर्ग गर्ने वीर सपूतहरूको त्यागलाई कदर गर्नुका साथै उनीहरूका परिवारप्रति राज्यको सम्मान व्यक्त गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय