spot_img

सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

spot_img
spot_img

काठमाडाैं,३१ असाेज । सुर्खेतमा जुवा खेलेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर –८ खजुरा ५१ वर्षीय रूद्रप्रसाद खनाल, ५५ वर्षीय दुर्गाबहादुर पुलामी, २५ वर्षीय सुनिल गौतम, ३५ वर्षीय जगतबहादुर राना, ५३ वर्षीय सुरतबहादुर शाही, ४० वर्षीय वीरजंग शाही लगायत छन्।

सोही ठाउँका ५५ वर्षीय रेशम मल्ल, ४५ वर्षीय रमेश खाँण, ३९ वर्षीय दानबहादुर सिंह, वीरेन्द्रनगर – १० का ४३ वर्षीय अशोककुमार खड्का र ४८ वर्षीय बिनोद मल्ल छन्।

वीरेन्द्रनगर –८ खजुराका रूद्रप्रसाद खनालको घरमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले ती जुवाडेलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट ५८ हजार ९ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय