spot_img

धनुषा र रौतहटमा प्रहरी नेतृत्व फेरबदल

spot_img
spot_img

काठमाडाैं,३१ असाेज । धनुषा र रौतहटका एसपी प्रहरी प्रधान कार्यालय तानिएका छन्। रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरी र धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीलाई प्रहरी प्रधान कार्यालय तानिएको हो।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले पनि यो कुराको पुष्टि गरेका छन्। प्रहरी प्रधान कार्यालयले रौतहटको प्रहरी प्रमुखमा एसपी रबिन कार्की र धनुषाको प्रहरी प्रमुखमा एसपी रुगम कुँवरलाई खटाएको छ।

नयाँ सरकार आएपछि रौतहट र धनुषामा पहिलो परिवर्तन भएको हो । यसअघि चर्चित चिनी कान्डमा सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष बस्नेत पनि प्रधान कार्यालय तानिएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय