Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

नेपाली कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणका लागि प्रदीप पौडेलको प्रस्ताव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३१ असाेज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीभित्र पुस्तान्तरण, रुपान्तरण र सुशासनका एजेन्डासहितको विस्तृत सुधार प्रस्ताव सार्वजनिक गरेका छन्। शुक्रबार सानेपामा जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको आफ्नो दस्तावेजीय प्रस्तावमार्फत पौडेलले पार्टीको संगठनात्मक ढाँचा, नीतिगत दृष्टि र नेतृत्व चयन प्रक्रियामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्।

पौडेलले “डिजी युथ कांग्रेस” नामक नयाँ संरचना गठन गर्ने प्रस्ताव गर्दै युवाहरूलाई संस्थागत रूपमा पार्टीसँग जोड्ने योजना अघि सारे। उनका अनुसार यस संरचनाले वडादेखि केन्द्रसम्म युवाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नेछ।
उनले युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र नेतृत्व क्षमतालाई पार्टीको नीति–निर्णय प्रक्रियामा ल्याउने उद्देश्यसहित नेतृत्व छनोट प्रणालीमा डिजिटल भोटिङ प्रणाली लागू गर्नुपर्ने पनि सुझाएका छन्।

पौडेलले हाल देशभर देखा परेको “जेनजी विद्रोह” लाई नकारात्मक रूपमा नलिइ पार्टीले त्यसबाट उठेका मागहरू भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी, पारदर्शिता र युवा नेतृत्व लाई सम्बोधन गर्न अग्रसर हुनुपर्ने बताए। उनले भने, “हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न सकेनौं, भ्रष्टाचार मौलायो, जनताप्रति उत्तरदायी बन्न सकेनौं यही कारणले विद्रोह जन्मिएको हो।”

पौडेलले “खर्चिलो र बोझिलो” सरकारको संरचना फेर्नुपर्ने बताउँदै प्रतिनिधिसभा सदस्य संख्या २०१ मा सीमित गर्ने, मन्त्रिपरिषद् अधिकतम १५ सदस्यमा राख्ने र प्रदेश सरकारको आकार ४० प्रतिशतले घटाउने प्रस्ताव पेश गरे।त्यस्तै, जिल्ला समन्वय समिति खारेज, स्थानीय तहलाई ४०० मा सीमित, र उपाध्यक्ष/उपप्रमुखको पद खारेज गर्नुपर्ने पनि उनका सुझावहरूमा पर्छन्।

पौडेलले कांग्रेसभित्रको सदस्यता प्रणालीलाई एकरूप बनाउन, क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचनमार्फत केन्द्रदेखि जिल्ला नेतृत्व चयन गर्ने प्रणाली विकास गर्न माग गरे। उनले सन् २०४६ पछि कुनै पनि सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने र श्रोत पुष्टि नभएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने कडा धारणा राखे।

पार्टीभित्र देखा परेको असन्तुष्टि र युवाको असन्तोषलाई सम्बोधन गर्न पौडेलले विशेष महाधिवेशन तत्काल बोलाउन माग गरे। उनले भने, “११औं महाधिवेशन ६० दिनमै सम्पन्न भएको थियो, अहिले पनि त्यही सम्भव छ  मिति सार्ने कुनै कारण छैन।”

स्वास्थ्य मन्त्रीको कार्यकालमा गरेको अनुभव साझा गर्दै पौडेलले कांग्रेसको समाजवाद कार्यान्वयनको आधार स्वास्थ्य बीमा सुदृढीकरण हुनुपर्ने बताए। उनका अनुसार बीमा योजनाको सुधार र सर्वसुलभ स्वास्थ्य पहुँचमार्फत राज्यले समाजवादी मूल्यलाई व्यवहारिक रूपमा लागू गर्न सक्छ।

पौडेलको प्रस्तावलाई पार्टीभित्रका युवा तथा सुधारवादी धारका नेताहरूले सकारात्मक रूपमा लिएको बताइएको छ। कांग्रेसभित्र पुस्तान्तरण र संगठन सुधारको बहस चर्किँदै गएको अवस्थामा उनको यो प्रस्तावलाई आगामी राजनीतिक दिशा तय गर्ने सम्भावित मोडका रूपमा हेरिएको छ।

ताजा समाचार

थप समाचार