spot_img

एमाले बचाउन नेतृत्व हस्तान्तरण अपरिहार्य: केन्द्रीय सदस्य सिंह

spot_img
spot_img

बीरगन्ज,३१ असाेज । नेकपा एमालेको दशौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र पार्टीको कार्यशैलीमाथि केन्द्रीय सदस्य अरविन्द सिंहले कडा आलोचना गरेका छन्। सिंहले पार्टीको भविष्य सुरक्षित गर्न “जिम्मेवारी हस्तान्तरण नै एकमात्र उपाय” भएको स्पष्ट पारेका छन्।

सिंहले वर्तमान नेतृत्वमाथि जनताको आक्रोश बढेको तथ्यलाई औँल्याउँदै पार्टीको राजनीतिक विश्लेषणमा कमजोरी रहेको बताए। उनले भदौ २२ गते प्रस्तुत राजनीतिक प्रतिवेदन २४ घण्टा नपुग्दै असफल भएको टिप्पणी गर्दै भने,“हाम्रा विश्लेषणहरू वस्तुनिष्ठ हुने गरेका छैनन्। नेतृत्वले के सुन्न रुचाउँछन्, त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सक्किने बाटोमा लैजान्छ।”

उनका अनुसार सतही विश्लेषणले पार्टीलाई अझ गहिरो संकटमा धकेल्ने निश्चित छ।सिंहले पार्टीभित्र भ्रष्टाचार र व्यभिचारका आरोपमा मुछिएका नेताहरूलाई कारबाही नगरेकोमा कडा आलोचना गरे। उनले प्रश्न गरे,“भ्रष्टाचार र व्यभिचारका डेढ दर्जनभन्दा बढी आरोपहरूमा आरोपितहरू हामी यहीँ छौँ। त्यसको छानबिन गरेर कारबाही गर्ने बारेमा पार्टीले कहिले बोल्ने?”

सिंहले सरकारले पार्टी नेतृत्वमा रहँदा भएका घटनाहरूको वस्तुनिष्ठ समीक्षा गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए।सिंहले जनताको असन्तोष मुख्य रूपमा अध्यक्ष ओली र उनका नजिकका समूहमाथि केन्द्रित भएको बताउँदै नेतृत्वले यो यथार्थ स्वीकार गर्नुपर्ने बताए। उनले भने,“युवा, विद्यार्थी र आम जनता स्वतस्फूर्तरूपमा सरकारविरुद्ध सडकमा आउँछन्। यो प्रतिगमन होइन, कुशासन र भ्रष्टाचारविरुद्धको संघर्ष हो।”

सिंहले पूर्व उपाध्यक्ष विद्या भण्डारीको सदस्यता नवीकरण गरी उनलाई पुनः सक्रिय भूमिका दिनुपर्ने सुझाएका छन्। यससँगै उनले पार्टीले दुई पटक संसद विघटन गरी पुनर्स्थापना माग गर्दै आन्दोलन गर्दा जनतामा प्रतिकूल धारणा बनेको चेतावनी दिएका छन्।

 

 

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय