वीरगन्ज,३१ असोज । ७० औं नेपाल प्रहरी दिवस वीरगन्जमापनि शुक्रबार विशेष कार्यक्रम गरि मनाइएको छ । वीरगन्जस्थित नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जको प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले प्रहरी र नागरिकबीचको सहकार्यले मात्र समाजमा स्थायी शान्ति र सुरक्षाको वातावरण कायम रहन सक्ने बताउँदै प्रहरी सेवाप्रति आफ्नो सम्मान र कृतज्ञता व्यक्त गरे।
उक्त कार्यक्रममा समाजमा शान्ति सुरक्षा कायम गराउन तथा नेपाल प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन नेपाल प्रहरीका गतिविधीमा सहयोग गरेका विभिन्न संघसंस्था र व्याक्तिहरुलाई सम्मानितपनि गरिएको थियो ।त्यस्तै अमर शहिद प्रहरीका परिवारका सदस्यहरुलाई पनि दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी सुबेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, प्रहरी नायब उपरीक्षक किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई ंलगायतकाकोपनि उपस्थिति रहेको थियो।




