Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

पर्सामा १ महिनामा ७ करोडको तस्करी मालसामान बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,३१ असोज । पर्सा जिल्लामा नेपाल प्रहरीले १ महिनामा भन्सार छली (तस्करी) का करिब ७ करोड रुपैयाँ मूल्य बराबरको मालसामान बरामद गरेको छ । यो असोज महिनामा मात्रै जिल्लाका विभिन्न स्थानबाट भन्सार राजस्व छलेर भित्र्याइएका ६ करोड ८७ लाख ६२ हजार ३२१ रुपैयाँका मालसामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै असोज महिनामै लागू औषध गाँजा ४३ किलो ९०० ग्राम, चरेस ११ किलोग्राम,खैरो हेरोइन ३१ ग्राम ८८० मिलिग्राम बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए । उनका अनुसार, असोज महिनामा विभिन्न अपराध र कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार रही लकुेर बसेका ७ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज पहिलो सातादेखि जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक पाठकले जिल्लाको शान्ति सुरक्षासंगै भन्सार चोरीनिकासी (तस्करी) नियन्त्रण आफ्नो मुख्य प्राथमिकतामा रहेको बताए । पर्सा प्रहरीको नेतृत्व सम्हाले लगत्तै आँफुले नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार पर्सा जिल्लामा रहेका मातहतका इलाका प्रहरी कार्यालयका इन्चार्जहरुसंग १ वर्षको लागि लिखित रुपमै कार्यसम्पादन सम्झौता गरेको उनले जानकारी दिए ।

ताजा समाचार

थप समाचार