बर्दिया,३१ असाेज । सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले प्रतिबन्धित पटाका यहाँका विभिन्न नाका र व्यवसायीले बिक्री गर्न लागेको अवस्थामा बरामद गरी नष्ट गरेको छ ।
बरामद भएका पटाकामा रकेट, भुइँचम्पा, सुतली बम लगायत रहेको र तिनको मूल्य ३ लाख रहेको प्रहरीले जनाएको छ ।
तीन दिनयता अवैध रूपमा ती पटाका भारतबाट भित्र्याइएका हुन् ।
शुक्रबार उक्त पटाका भन्सार कार्यालय बर्दियाको हाताभित्र नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल बर्दियाका गणपति मानबहादुर शाहीले अवैध रुपमा भित्रिएका पटाका एउटैको मूल्य ५० देखि ६ हजार रुपैयाँसम्म रहेको बताए ।




