Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

राष्ट्रिय सभा बैठकका लागि...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ ।...

डेडिकेटेड लाइन’ विवाद :...

काठमाडौं,२३ कात्तिक । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको...

काठमाडौंको खुला ठाउँमा फोहोर...

काठमाडौँ,२३ कात्तिक । काठमाडौं महानगरपालिकाले बढ्दो वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ महानगरभित्र...

२१ फागुनको निर्वाचन सफल...

काठमाडौं,२३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

महोत्तरीमा ७० औँ प्रहरी दिवस मनाइयो

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

महोत्तरी,३१ असाेज । जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी ७० औँ प्रहरी दिवस धुमधामका साथ मनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल प्रमुख अतिथि थिए ।

कार्यक्रममा बोल्दै रिसालले देश र जनताको सुरक्षाका लागि समर्पित प्रहरीहरूलाई शुभकामना व्यक्त गर्दै जिम्मेवारीपूर्वक र इमानदार भएर काम गर्न अनुरोध गरे । उनले भने,“प्रहरी जनताको सुरक्षाको पहिलो पङ्क्तिमा खटिने राज्यको मुख्य सुरक्षा निकाय हो। प्रहरीको अनुशासन, इमान र निष्ठा नै संस्थाको पहिचान हो ।”

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक(एसपी) हेरम्भ शर्माले देशका लागि बलिदान समर्पित गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने,“अमर प्रहरीहरू हाम्रो गौरव हुन्, उनीहरूको सम्झनाले हामीलाई थप जिम्मेवार बनाउँछ ।”

- Advertisement -

कार्यक्रममा उत्कृष्ट कामका लागि प्रहरी नायव उपरीक्षक सैलेन्द्र भट्ट, प्रहरी निरीक्षक अशोक झा, नन्दकिशोर चौहान लगायत दर्जनौँ प्रहरीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

ताजा समाचार

थप समाचार