Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

राष्ट्रिय परिचयपत्रवालालाई मतदाता नामावली...

काठमाडाैं,२७ कातिक । मतदाता नामावली दर्ता प्रक्रियामा अब राष्ट्रिय परिचयपत्र लिएकालाई निर्वाचन कार्यालय...

शेख हसिनाको मुद्दा १७...

काठमाडाैं,२७ कातिक । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ (ICT–1) ले अपदस्थ प्रधानमन्त्री शेख हसिना...

सुनको मूल्य साढे दुई...

काठमाडौँ,२७ कात्तिक । बुधबारको तुलनामा आज सुनको मूल्य प्रति तोला ५ हजार ९००...

गृहमन्त्री एमालेको नेता जस्तो...

काठमाडौं,२७ कातिक । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति असन्तोष...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप : गोली र अश्रुग्यास, १० प्रहरी र व्यवसायी नेतासहित कैयौं घाइते

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०१ कात्तिक । तिहारको पूर्वसन्ध्यामा धार्मिक र आर्थिक चहलपहलले भरिएको जनकपुरधाम शुक्रबार राति तनावग्रस्त बन्यो। सोनारपट्टी क्षेत्रमा प्रहरी र सुनचाँदी व्यवसायीबीच भएको झडपमा १० जना प्रहरी र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहित कैयौं घाइते भएका छन्।

प्रहरीले राति साढे ८ बजे तिर संजय ठाकुरले सञ्चालन गरेको ‘ठाकुर ज्वेलर्स’ मा छापा मार्दा स्थिति एक्कासी नियन्त्रणबाहिर गएको हो। प्रहरीले घटनास्थल नियन्त्रणमा लिन सात राउण्ड हवाइ फायर र दुई सेल अश्रुग्यास प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुख डीएसपी गणेशबहादुर बमले जानकारी दिए।

डीएसपी बमका अनुसार प्रहरी टोलीले विशेष सूचनाको आधारमा उक्त ज्वेलर्समा छापा मारेको थियो। छापामा करिब ७ किलो बिल–विजक नभएको चाँदी बरामद गरिएको उनको दाबी छ। “हामीले राजश्व अनुसन्धान विभाग पथलैया कार्यालयसँग समन्वय गरी छापा मारेका हौं,” बमले भने, “सूचना थियो— कर छल्ने उद्देश्यले ठूलो मात्रामा चाँदी किनबेच भइरहेको छ।”

- Advertisement -

उनीका अनुसार बरामद चाँदीको मुचुल्का तयार पार्ने क्रममा स्थानीय व्यवसायी र उद्योग वाणिज्य संघका पदाधिकारीहरू पक्राउ परेका व्यक्तिको पक्षमा भिड जम्मा हुन थालेपछि विवाद बढेको हो। “संघका अध्यक्ष भण्डारीले प्रहरीमाथि हातपात गर्न थालेपछि स्थिति नियन्त्रण गर्न अश्रुग्यास र हवाइ फायर गर्नु पर्‍यो,” बमले भने।

तर जनकपुर उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरूले भने प्रहरीले बिना कारण आतंक मच्चाएको आरोप लगाएका छन्। संघका महासचिव फुलदेव पण्डितका अनुसार संजय ठाकुर पहिलेदेखि नै स्थानीय कालीगढ (सुनचाँदी कलाकर्मी) हुन् र नयाँ पसल खोल्ने क्रममा छापा मारिएको हो।

“पहिला सिभिल ड्रेसमा आएका प्रहरीले पायल बनाउने बहानामा पसल भित्र प्रवेश गरे। पछि थप २०–२५ जना प्रहरी आएर चाँदी लैजान खोजे,” पण्डितले भने, “धनतेरसको पूर्वसन्ध्यामा यस्तो कारबाही गरेर प्रहरीले व्यवसायीहरूमा त्रास सिर्जना गरेको छ।”

उनका अनुसार लाठीचार्ज र अश्रुग्यास प्रहारको क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्। संघले उक्त कारबाहीको निन्दा गर्दै जिम्मेवार प्रहरीमाथि कारबाहीको माग गरेको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने प्रहरीको उक्त कारबाहीबारे औपचारिक जानकारी नगराइएको बताए। “मलाई प्रहरी प्रशासनले जानकारी दिएको थिएन,” उनले भने, “यदि राजश्व अनुसन्धानसँग समन्वय गरिएको हो भने पनि प्रशासनलाई सूचित गर्नुपर्ने थियो। सशस्त्र प्रहरीसहित संयुक्त रूपमा गएको भए राम्रो हुन्थ्यो।”

प्रहरी स्रोतका अनुसार भने सो कारबाही राजश्व अनुसन्धान विभाग पथलैयासँग मौखिक सहमति पश्चात् गरिएको थियो।

छापा र झडपपछि जनकपुरधामको सोनारपट्टी, जानकी मन्दिर दक्षिण र रामानन्दचोक क्षेत्रमा अस्थायी कर्फ्यु-जस्तो स्थिति सिर्जना भएको थियो। रातभर बजार बन्द रह्यो र स्थानीय व्यवसायीहरूले विरोध स्वरूप शनिबार बिहानदेखि आधा दिनका लागि बजार बन्दको घोषणा गरेका छन्।

प्रहरीले थप बल प्रयोग नगर्ने र स्थिति पूर्ण नियन्त्रणमा रहेको जनाएको छ। घटनास्थलमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको छ।

जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचाररत प्रहरी र व्यवसायीहरूको अवस्था सामान्य रहेको बताइएको छ। अध्यक्ष सुरेन्द्र भण्डारीलाई टाउको र काँधमा चोट, जबकि केही प्रहरीलाई ढुंगामुढाबाट चोटपटक लागेको जनाइएको छ।

ताजा समाचार

थप समाचार