spot_img

हेटौँडाबाट खैरोहिरोइनसहित दुई जना पक्राउ

spot_img
spot_img

हेटौँडा,०१ कात्तिक । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिकाबाट खैरोहिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

बसपार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी टोलीले हेटौँडा–७ का २८ वर्षीय संजीवराज थिङ र हेटौँडा–१४ की २२ वर्षिया मनिषा थिङलाई १४ ग्राम ५२० मिलिग्राम खैरोहिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूसँग एक डिजिटल तराजु पनि बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू केवल सेवनकर्ता नभएर लागुऔषध व्यापारी पनि हुन्।

प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी हिरासतमा राखेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय