spot_img

सातवटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते

spot_img
spot_img

चितवन,०१ कात्तिक । भरतपुर महानगरपालिका–२९ गाइघाट क्षेत्रमा आज बिहान सातवटा सवारीसाधन आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटना बिहान करिब ७:३० बजे भएको हो। घाइतेहरूलाई चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेशनल सिटी अस्पतालमा उपचारका लागि लगिएको छ।

दुर्घटनामा परेका सवारी साधनमा मुग्लिङतर्फ जाँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक, विपरीततर्फबाट आउँदै गरेको बा४ख ७४२० नम्बरको बस, त्यसपछि क्रमशः ना७ख ९६०७ नम्बरको टेलर, बा प्र ०६–००१ ग ०४८४ नम्बरको इलेक्ट्रिक माइक्रो, ग२ख १६२६ नम्बरको बस, ना३च ३२५६ नम्बरको बलेरो, र बिएबी ८४७० नम्बरको कार रहेका थिए।

घाइतेमध्ये १३ जनाको नेशनल सिटी अस्पताल, चार जनाको चितवन मेडिकल कलेज, र बाँकी चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय