spot_img

मणिपाल र जिएमसीका नर्सहरू एक सातादेखि आन्दोलनमा

spot_img
spot_img

पोखरा,०१ कात्तिक । कास्कीको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) का नर्सहरू एक सातादेखि पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनमा छन्।

मणिपालका नर्सहरू असोज २४ देखि, जिएमसीका नर्सहरू असोज २७ देखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थाका नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी मापदण्डअनुसार तोक्ने निर्णय गरे पनि, आफ्ना तलब १२ हजारदेखि १५ हजारसम्म मात्रै पाइरहेको गुनासो गरेका छन्।

सरकारी मापदण्डअनुसार न्यूनतम पाँचौँ तहको स्टाफ नर्सको तलब ३४,७३० रुपैयाँ तोकिएको छ। मणिपाल शिक्षण अस्पतालले हाल २४ हजारदेखि २९ हजार तलब दिन सक्ने तयारी देखाएको भए पनि दुवै अस्पतालले नर्सहरूको मागअनुसार तलब वृद्धि गर्न नसक्ने बताएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय