Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

धरान बीपी प्रतिष्ठानमा ५० लाख रुपैयाँ बराबरको औषधि हराएपछि छानबिन समिति गठन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धरान,०१ कात्तिक । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेको फार्मेसीमा ठूलो परिमाणमा औषधि हराएको प्रारम्भिक तथ्य सार्वजनिक भएपछि छानबिन समिति गठन गरिएको छ ।

अस्पतालको प्रारम्भिक अनुसन्धान अनुसार, करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधिमध्ये ५० लाख रुपैयाँ बराबरको औषधि स्टकमा नदेखिएको, ३६ लाख रुपैयाँ नगद हिसाब नमिलेको, ४ लाख रुपैयाँ बराबरको बिक्री गडबडी र १४ लाख रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका औषधि फेला परेका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. अञ्जु प्रधानका अनुसार औषधि हिनामिना भएपछि दोषीमाथि कारबाहीअघि बढाउन प्रतिष्ठानको हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा। विष्णु पोखरेलको संयोजकत्वमा ५ सदस्यीय विशेष छानबिन समिति गठन गरिएको छ ।

उनका अनुसार फार्मेसीमा अनियमितता भेटिएपछि छानबिन प्रक्रिया तीव्र पारिएको छ भने समितिलाई २५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको उनले बताइन् । उनले भनिन्, ‘यो घटना अहिलेको अवस्थामै घोटाला भनेर निष्कर्ष निकाल्ने स्थिति छैन, प्रारम्भिक तथ्यका आधारमा मात्र छानबिन भइरहेको हो, समितिको अन्तिम प्रतिवेदनपछि मात्र दोषी निर्धारण र कारबाही हुनेछ।’

डा. प्रधानले छानबिनपछि दोषीमाथि कडा कारबाही गरिने र फार्मेसी पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएकी छन् । उनका अनुसार, बिरामी सेवामा पर्ने असर न्यून पार्न वैकल्पिक औषधि आपूर्ति व्यवस्था मिलाउने तयारी पनि भइरहेको छ ।

यसैबीच, प्रतिष्ठानले घटनाबारे स्पष्टीकरणसहित विज्ञप्ति जारी गरेको छ । प्रतिष्ठानले जारी गरेको विज्ञप्ति अनुसार, उक्त फार्मेसीको सञ्चालन केटीएम सेक्युरिटी सर्भिसेज प्रालि नामक निजी कम्पनीलाई ठेक्कामा दिइएको थियो ।

प्रतिष्ठानबाट बारम्बार पत्राचार गरे पनि भौतिक परीक्षणका लागि केटिएम, सेक्युरिटी सर्भिसेस प्रानिले अटेरी गरी आफ्नो प्रतिनिधी उपस्थित नगराएकोले भौतिक परीक्षण हुन नसकेको अवस्था रहेको थियो जसले गर्दा प्रतिष्ठानले पनि कारबाही गर्ने क्रममा उक्त कम्पनीलाई नियमित मुक्तानीमा रोक लगाएको थियो विज्ञप्तिमा भनिएको छ ।

मासिक तलब नपाएको भनि केटीएम् सेक्यूरिटी सर्भिसेस प्रानिमार्फत कार्यरत कर्मचारीहरुले गत साउन १८ गतेदेखि आन्दोलन गरी फार्मेसीमा औषधि बिक्री वितरण कार्य अवरुद्ध गरेका थिए । सोही क्रममा प्रतिष्ठानले प्रयास गर्दा गर्दै पनि समस्या समाधान नभएकाले वैकल्पिक व्यवस्था गरी फार्मेसी सञ्चालनमा ल्याउने उद्देश्यले गत साउन २० मा फार्मेसी स्टकको भौतिक परीक्षण गर्दा औषधि तथा औषधिजन्य सामग्री सम्बन्धी केही तथ्यहरु अस्वभाविक रहेको देखिएकोले प्रतिष्ठानले निष्पक्ष छानबिन गर्नका लागि एक स्वतन्त्र छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अगाडि बढाइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घोटालाको तथ्य बाहिरिएसँगै प्रतिष्ठानले फार्मेसी अस्थायी रूपमा बन्द गरेको छ । फार्मेसी बन्द हुँदा अस्पतालमा उपचारका लागि आएका बिरामीहरू बाहिरी मेडिकलबाट महँगो दरमा औषधि खरिद गर्न बाध्य भएका छन् भने स्वास्थ्य बीमा अन्तर्गतको निःशुल्क औषधि सेवा पनि ठप्प भएको छ, जसका कारण बिरामीहरू मारमा परेका छन् ।

ताजा समाचार

थप समाचार