spot_img

अपहरण प्रकरण : दुई भारतीय नागरिक पक्राउ, २० लाख फिरौतीको माग

spot_img
spot_img

काठमाडौं,०१ कात्तिक । अपहरण र शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पञ्जाबका २४ वर्षीय परमप्रित सिंह र २८ वर्षीय लवप्रित सिंह रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, उनीहरूले भारत हरियाणाका २६ वर्षीय अंकित कुमारलाई अष्ट्रेलिया पठाइदिने प्रलोभन देखाएर काठमाडौं ल्याई सुन्धारास्थित होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएका थिए।

पीडितलाई छोड्ने सर्तमा उनीहरूले रु २० लाख फिरौती मागेको सूचनाका आधारमा प्रहरीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूका साथबाट विभिन्न कम्पनीका चार मोबाइल फोन बरामद गरेको छ। जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय